राउटे समुदायले भन्यो: सरकार दशैँका लागि ४६ वटा खसी देऊ
भक्तपुर– राउटे समुदायका अगुवा युवाहरुले सरकार समक्ष दशैंको लागि खसी माग गरेका छन् । एक कार्यक्रमका लागि शुक्रबार दिउँसो भक्तपुरको सल्लाघारीमा पुगेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग उनीहरुले दशैंका लागि ४६ वटा खसी माग गरेका हुन् ।
राउटे समुदायका प्रकाश शाहीको नेतृत्वमा रहेको ४ जनाको टोलीले उपप्रधान तथा रक्षामन्त्रीलाई भने ‘हामी ४६ घरका लागि ४६ वटा खसी दैलेख लगिदिनु पर्यो ।’ राउटे समुदायले बनाएका काठबाट निर्माण गरेको हस्तकलाको सामाग्री बिक्री गर्नका लागि उनीहरु भक्तपुरमा आएका थिए ।
राउटे युवाहरुको मागबारेमा उक्त कार्यक्रममा पोखरेलले कुनै प्रतिवद्धता जनाएनन् । प्रकाश शाही, शिवराज शाही, दीपक शाही र कलम शाहीको टोलीले उपप्रधान तथा रक्षामन्त्रीलाई भेटका थिए । सो अवसरमा मन्त्री पोखरेलले ३ हजार ५सय रुपैयाँको सन्दुक समेत राउटेहरुसँग खरिद गरेका छन् ।
उनीहरु चारै जनालाई मन्त्री पोखरेलले उपहार स्वरुप एक÷एक थान कपडा प्रदान गरेका छन् । सो अवसरमा सांसद महेश बस्नेत, प्रदेश सांसद शशीजंग थापा, सरस्वती बाटी, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुवँर, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापालगायतको उपस्थिती रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण