नेपालमाथि कसैले दबाब दिएको हेर्न सक्दैनौं: अमेरिकी राजदूत बेरी
काठमाडौं– नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले नेपालमाथि कसैको दवाव वा प्रभाव हेर्न नचाहेको बताएका छन् । राजदूत बेरीले नेपाल कसैको पक्षमा नभई नेपालकै पक्षमा उभिएको र उभिनै रहने विश्वास पनि व्यक्त गरे । शुक्रबार काठमाडौंमा आयोजित ‘नेपालमा अमेरिकी कूटनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अमेरिकाले अघि सारेको ‘इन्डो–प्यासिफिक स्ट्राटिजी’ मा नेपालले आवश्यक्ता महसुस गरे सहभागी हुन सक्ने बताए । तर त्यसका लागि नेपालमाथि आफ्नो मुलुकले कुनै पनि प्रकारको दवाव प्रभाव केही पनि नदिने राजदूत बेरीको भनाई थियो ।
चीनले अघि सारेको ‘बिआरआई’ अवधारणामाथि नेपालमा बहस भइरहेका बेला अमेरिकी राजदूत बेरीले आफ्नो मुलुकले पनि इन्डोप्यासिफिक क्षेत्रको हितका लागि ‘इन्डो–प्यासिफिक स्ट्राटिजी’ अघि सारेपनि सो रणनीतिमा नेपाललाई साझेदार बन्न दवाव नदिने प्रष्टयाएका हुन् ।
उनले अमेरिकाले नेपाल चीन, भारत, अमेरिका वा अन्य देशको पक्षमा नभई आफ्नै पक्षमा उभिएको हेर्न चाहेको पनि स्पष्ट पारे । दुई मुलुकबीचको सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको स्मरण गराउँदै राजदूत बेरीले नेपाललाई अमेरिकी सरकारले हरेक वर्ष सहयोग गर्दै आएको पनि स्मरण गराए ।
यसवर्ष पनि अमेरिकाले सहयोग स्वरुप मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) परियोजना अन्तरगत नेपाललाई ५० अर्ब नेपाली रुपैयाँ सहयोग गर्ने राजदूत बेरीले बताए । उनले नेपालको गरिवी निवारण र आर्थिक विकासमा सहयोग पु¥याउने अमेरिकी सरकारको लक्ष्य रहेको पनि बताए । राजदूत बेरीले नेपाल भूपरिवेष्ठित मुलुकका रुपमा स्वतन्त्र र सार्वभौम मुलुक रहेको उल्लेख गर्दै त्यसलाई प्रभावकारी बनाउन आफ्नो मुलुक सदा सहयोग गर्न प्रतिवद्ध रहेको पनि बताए ।
राजदूत बेरीले दुई मुलुकबीचको सम्बन्धलाई अझ मजबुत बनाउन उच्चस्तरको राजनीतिक भ्रमण भइरहेको र भविष्यमा समेत भइरहनै रहने पनि बताए । उनले नेपालमा भुटानी शरणार्थी व्यवस्थापनमा अमेरिकाले सहयोग गरेको स्मरण गराउँदै अन्य क्षेत्रको पनि पहिचान गरी सहयोग उपलब्ध गराउने योजना रहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आसेपासे पूँजीवादसँग मेरो चिनजान छैन : प्रधानमन्त्री
-
लाराले भने, ‘विराटले अहिले नै टेस्ट क्रिकेटबाट संन्यास लिन हुँदैन’
-
भ्रष्टाचारको मुहान बन्द गर्न कार्यकारी निर्वाचित राष्ट्रपति प्रणाली आवश्यक : प्रचण्ड
-
किन गरिँदैछ सलमानलाई बहिष्कार गर्न माग ?
-
जयकुमारनाथ शाह मेमोरियल अन्तरविद्यालय क्रिकेट : डीएभी सुशिल केडिया फाइनलमा प्रवेश
-
७२ औँ मिस वर्ल्ड हैदराबादमा सुरु, नेपालको प्रतिनिधित्व गर्दै सृच्छा (तस्बिरहरू)