जब प्रधानमन्त्री पत्नी राधिका शाक्यको आँखामा आँसु थामिएन...
समय: दिउँसो साढे ४ बजे
स्थान: भक्तपुरको कौसलटारस्थित एक पार्टी प्यालेसको हल
कार्यक्रम: मानवसेवा आश्रम भक्तपुर शाखा गृहप्रवेश एव उद्घाटन कार्यक्रम
मानव सेवा आश्रमले आइतबार भक्तपुर शाखा उदघाट्न कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि थिए प्रधानमन्त्री केपी शर्मा ओली । साथमा उनकी धर्मपत्नी राधिका शाक्य पनि साथमा थिइन् । कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, भक्तपुर २ का सांसद महेश बस्नेत लगायत अथितिका रुपमा थिए ।

कार्यक्रममा मानवसेवा आश्रमका अभियन्ताहरुले सडकमा अलपत्र परेका मानिसहरुको दैनिकीमा आधारित नाटक मन्चन गर्न थाले । नाटकमा मानसिक सन्तुलन गुमाएकी गर्वभती महिलाको मृत्यु भएपछि राधिका शाक्यको आखामा आँसु थामिन सकेन । प्रधानमन्त्री ओलीसहित कार्यक्रमका दर्शक भावुक भए । शाक्यले चस्मा झिकेर आँसु पुछिन् ।

शनिबारदेखि भक्तपुर शाखामा सडकमा अलपत्र परेका परेका ११ जनालाइ उद्दार गरि राखिएको छ । मानव सेवा आश्रमको शनिबार एक समारोहका बीच प्रधानमन्त्री ओलीले उद्द्घाटन गरेका छन् । मानवसेवा आश्रमले सडकमा अलपत्र परेका मानिस हरुलाई आश्रय दिन १४ जिल्लामा शाखा खोलेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण