प्रधानमन्त्री ओलीले गरे मानवसेवा आश्रमका लागि १ करोड सहयोगको घोषणा
काठमाडौं– प्रधानमन्त्री केपि शर्मा ओलीले मानव सेवा आश्रमका लागि १ करोड सहयोगको घोषणा गरेका छन् । आइतबार दिउँसो भक्तपुरको कौशलटारमा भएको मानवसेवा आश्रम भक्तपुर शाखा गृहप्रवेश एवम् उद्घाटन कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन् ।
प्रधानमन्त्री ओलीले मानव सेवा आश्रमको बारेमा पत्नी राधिका शाक्यबाट थाहा पाएपछि अभियन्ताहरुलाई बोलाएर सम्मान गरेको बताए । उनले सडकमा अलपत्र परेकाहरुलाई नयाँ जीवन दिने काम सरकारी तबरभन्दा पनि हृदयबाट सेवाभाव उत्पन्न हुनेबाट प्रभावकारी हुने बताए ।
सरकारी तवरबाट यस्तो काम गर्दा कर्मचारीमा जागिरे मानसिकता हुने हुँदा वास्तविक सेवा प्रदान गर्न कठिनाइ हुने उल्लेख गरे । प्रधानमन्त्री ओलीले मानवतावादी कामका लागि मानव सेवा आश्रमका लागि एक करोड सहयोग घोषणा समेत गरे ।
शनिबारदेखि भक्तपुर शाखामा सडकमा अलपत्र परेका परेका ११ जनालाई उद्दार गरि राखिएको छ । मानवसेवा आश्रमको शनिबार एक समारोहका बीच प्रधानमन्त्री ओलीले उद्द्घाटन गरेका हुन् । मानवसेवा आश्रमले सडकमा अलपत्र परेका मानिस हरुलाइ आश्रय दिन १४ जिल्लामा शाखा खोलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण