दशैंमाथि ‘कालो बादल’
निरन्तररूपमा जारी रहेको वर्षा अझै केही दिन सक्रिय हुने भएको छ। यसपटक अझै मौसम सक्रिय रहेकाले दशैंसमेत प्रभावित हुने भएको छ।
मुलुकभर जडान भएका ४ सयभन्दा बढी मौसमी स्टेसनमा रेकर्ड हुने वर्षाको मात्राका आधारमा पनि मनसुनी अवस्था विश्लेषण गरिन्छ।
विज्ञहरू भन्छन्– ‘विजया दशमीमा पनि पानीले छोड्ने सम्भावना कम छ।’ जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार हल्का र मध्यमस्तरको वर्षा गराउने मौसमी गतिविधि अझै बाँकी रहेकाले यसपटकको दशैं हिलोमुक्त हुनेछैन।
‘मौसमी क्यालेन्डरअनुसार मनसुन निस्क्रिय हुनुपर्ने समय हो तर मनसुन कमजोर बनाउने वायु सक्रिय भइसकेको छैन, आइतबार साँझ उनले भने– ‘पानीको मात्रा ७०/८० प्रतिशत कम भए पनि मनसुनी बादलले अझै सातारदश दिन छोड्ने संकेत देखिँदैन।’
मनसुन सक्रिय गराउने न्यून चापीय रेखा औसत स्थान आसपासमा रहँदा दक्षिणपूर्वी मनसुनी हावाको प्रभाव वायुमण्डलको तल्लो सतहदेखि माथिल्लो सतहसम्म प्रस्टै देखिएकाले मनसुनी गतिविधि जारी रहने अर्यालले प्रस्ट्याए । यो समाचार आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण