रहेनन् शोलेका ‘कालिया’
सोमबार, १३ असोज २०७६, ११ : १३
मुम्बई । बलिउड अभिनेता वीजू खोटेको ७७ वर्षको उमेरमा सोमबार निधन भएको छ । उनी लामो समयदेखि बिरामी रहेका थिए । उनले मुम्बईस्थित आफ्नै निवासमा अन्तिम श्वास लिए ।
वीजू चलचित्र शोलेमा निभाएको ‘कालियाको भूमिकाका लागि चर्चित छन् । चलचित्रमा गब्बर सिंह (अमजद खान) सँग उनको डायलग ‘तेरा क्या होगा कालिया’ को अहिलेसम्म पनि चर्चा हुने गर्छ ।
उनले आफ्नो करियरमा चाइनागेट, मेला, अन्दाज अपना अपना, गोलमाल–३ र नगीनसहित ३ सयभन्दा बढी चलचित्रमा काम गरेका छन् ।
वीजूको निधनपछि उनका प्रशंसकहरुले सामाजिक सञ्जालमा दुःख व्यक्त गरेका छन् । शिवसेना नेता मनीषा कायन्देले पनि ट्वीट गर्दै उनको निधनप्रति श्रद्धाञ्जली दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश आत्मदाह प्रकरणमा बाबुराम भन्छन्– ज्वालामुखीलाई स्याउलाले छोपेर टार्न खोज्ने लज्जास्पद चरित्र उजागर
-
गणेशको आत्मदाहले दबाबमा बालेन सरकार, सत्ता पक्षकै नेताले पोखे असन्तुष्टि
-
४४.५१ प्रतिशतमा खुम्चियो चालु वर्षको ‘विकास खर्च’
-
लामिन यामालकी प्रेमिकाको अनौठो आग्रह : तातियो सामाजिक सञ्जाल
-
बसलाई निलो पोतेर सुरक्षा महसुस हुँदैन, गणेश नेपालीको लास हेरेर जवाफ दिनुस् : सांसद थपलिया
-
लुम्बिनी सरकारको वार्षिक बजेटको २० प्रतिशत हिस्सा २५ दिनमै खर्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण