प्रहरी वृत्त महाराजगन्जले पायो अत्याधुनिक भवन, आईजीपीद्वारा उद्घाटन
काठमाडौं–प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नागरिकको अपेक्षा अनुसार शान्ति सुरक्षाको उचित व्यवस्था गर्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन् ।
प्रहरी महानिरीक्षक खनालले प्रहरीहरुले आफ्नो काम गर्ने शैलीमा सुधार गर्दै अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे ।
मंगलबार अत्याधुनिक शैलीमा निर्माण गरिएको महानगरीय प्रहरी वृत्त महाराजगन्ज भवनको उद्घाटन गर्दै उनले भवनको उद्घाटनसँगै त्यसबाट प्रवाह हुने सेवा पनि सुन्दर हुनुपर्ने आफूले अपेक्षा गरेको पनि बताए । प्रहरी महानिरीक्षक खनालले प्रहरीले न्याय सम्पादनको कामलाई प्रभावकारी बनाउँदै लैजाने गरी प्रहरी भवन निर्माण कार्यलाई पनि अत्याधुनिक बनाउँदै लगिएको पनि स्मरण गरे ।
सो भवनमा लिफ्टको पनि व्यवस्था गरिएको छ । डिएफआईडी नेपालको आर्थिक सहयोगमा निर्माण गरिएको सो भवनको लागत ११ करोड रहेको छ । प्रहरी महानिरीक्षक खनालले अत्याधुनिक सो भवन निर्माणसँगै त्यसले प्रवाह गर्ने सेवा पनि आधुनिक हुने विश्वास व्यक्त गरे ।
यसैबीच आईजीपी खनालले महानगरीय प्रहरी वृत्त लैनचौर, सोह्रखुट्टेको नवनिर्मित कार्यालय भवनहरुको पनि उद्घाटन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण