नेपाली काँग्रेसको चियापान असोज २६ गते
काठमाडौं– नेपाली काँग्रेसले असोज २६ गते कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम गर्ने भएको छ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले असोज २६ गते आईतबार कोजाग्रत पूर्णिमाको दिन दशैंको अवसर पारेर पार्टीले चियापान कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिएका हुन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मलेन गरी उनले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने र अन्य जिल्लाको चियापान कार्यक्रमको संयोजन सम्बन्धित जिल्ला कार्य समितिले गर्ने पनि स्पष्ट पारे । काँग्रेसले पार्टी केन्द्रिय कार्यालय असोज २६ गते अपरान्ह दिउँसो एक बजेदेखि ५ बजेसम्म आयोजना हुने चियापान कार्यक्रममा सहभागी हुन सञ्चारकर्मीहरुलाई पनि निमन्त्रणा गरेको छ ।
नेपाली काँग्रेसले २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि बीपी कोइरालाले २०३४ सालबाट सुरु गर्नु भएको चियापान कार्यक्रम दशंैको अवसर पारेर हरेक वर्ष आयोजना गर्दै आएको छ ।
पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले नेकपाका कार्यकर्ताले पार्टीका नेता मिनेन्द्र रिजालमाथि आक्रमण प्रयास गरेर नवमण्डले प्रवृत्ति देखिएको दावी गर्दै उनीहरुलाई सच्याउन पनि नेकपाका नेतृत्वलाई सचेत गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण