सिटिजन्स बैंकको ‘एक्सप्रेस बैंकिङ्ग’ सेवा विस्तार
काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ‘एक्सप्रेस बैंकिङ्ग’ नामक इन्टरनेट बैकिङ्ग सेवा विस्तार गरेको छ ।
नयाँ हाल कायम रहेको इन्टरनेट बैंकिङ्गमा अन्तर बैंक रकम स्थानान्तरण, विद्युुत महशुल भुक्तानी, केवल, इन्टरनेट सेवाको भुक्तानीको साथै हवाई टिकट खरिद लगायतका सुविधा थप गरिएको छ ।
यस अगावै ‘एक्सप्रेस बैंकिङ्ग’ मार्फत स्टेटमेन्ट हेर्न, टेलिफोन, इन्टरनेट, मोवाइल आदिको विल भुक्तानी गर्न, विभिन्न वालेट लोड गर्न, क्रेडिट कार्डको विल भुक्तानी गर्न साथै स्कूल तथा कलेजको शूल्क तिर्न सकिने सुविधा उपलब्ध थियो ।
यसै क्रममा पुरानो इ–बैंकिङ्ग सेवा प्रयोग गरिरहेका ग्राहकहरुले बैंकको कुनै पनि शाखा कार्यलयहरुमा सम्पर्क गरी, नयाँ ई–बैंकिङ्ग सेवाको लगइन एंव पासवर्ड लिन सक्नेछन् ।
यो सेवा अत्यन्त सहज रहेको हुँदा, ग्राहक वर्गहरुले घरमै वसिबसि विभिन्न सुविधाहरु उपभोग गर्न सक्नेछन् । अत्याधुनिक ईन्टरनेट बैंकिङ्गको प्रयोगबाट बैंकद्वारा प्रवाह गरिने सुविधाहरू थप सुरक्षित, छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा हुने विश्वास बैंकले लिएको छ ।
आगामी दिनहरुमा पनि नयाँ प्रविधिलाई आत्मसाथ गर्दै नेपाली जनताको घर दैलोमा बैंकिङ्ग सेवालाई सरल र छरितो रूपमा पुर्याउने विश्वास बैंकले व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण