महरालाई महिलाको म्यासेज : ‘तँ न माफीको लायक भइस्, न मायाको लायक’
राजीनामा दिएका सभासद कृष्णबहादुर महरा र पीडित भनिएकी महिला रोशनी शाहीबीचको भाइबर म्यासेजको केही सन्देश सार्वजनिक भएको छ ।
हाम्रा कुरा डटकम अनलाइनले रोशनी शाहीसँग गरिएको कुराकानीको दोस्रो अंश सार्वजनिक गरेको छ । ७ मिनेट लामो भिडियो कुराकानीमा महरा र रोशनीबीच भएको सम्वादको कुरालाई निरन्तरता दिइएको छ ।
एम सर वान (महरा सर १ हुनसक्ने) नाममा सेभ गरिएको भाइबर म्यासेजको कुराकानीमा महराले महिलासँग माफीसमेत मागेका छन् । उनले म्यासेजमा लेखेका छन्, फर्गेट एस्टर्डे । आइतबार साँझ घटना भएपछि सोमबार बिहान ८ बजेर ८ मिनेटमा महराले महिलालाई म्यासेज गर्दै फर्गेट एस्टर्डे भनेका छन् । मतलब हिँजोको कुरा बिर्स भन्दै माफी मागेका छन् ।
त्यसको जवाफमा भने महिलाले भने ८ बजेर ३८ मिनेटमा जवाफ फर्काउँदै तेरो सकिने दिन आयो भनेकी छिन् ।
महिलाले महरालाई पठाएको अर्को म्यासेजमा सबैतिर तेरो र्युमर फैलाउँछु भन्दै म्यासेज पठाएकी छिन् ।
उनले लेखेकी छिन्, सबैतिर तेरो र्युमर फैलाउँछु, अब सिजेलाई पनि सबै भने, तेरो उपसभामुखलाई पनि भनें मेसेज गरेर । हिँजो पुलिसलाई बयान दिएँ के के भको भनेर । तैंले पिटेका ठाउँ ठाउँका निलडाम मेरो औंला भाँचिने गरी बटारेको सुन्निएको सबै मोबाइलमा रेकर्ड गरेर लगेको छ । पम्फालाई म्यासेज गरें । गर्न सक्ने सबै गर्छु, तँलाई बचाएर के काम अब ?’
र, त्यसको लगत्तै उनले अर्को म्यासेज गरेकी छिन्, ‘तँ न माफीको लायक भइस्, न मायाको लायक ।’
महिलाको यही म्यासेजकाे अर्थ लगाउने हाे भने महरा र उनीबीच लामो समयदेखि प्रेम सम्बन्धमा रहेको हुनसक्ने संकेत गरेकाे छ ।
यद्यपि एम सर वान नाममा सेभ गरिएको म्यासेज महराले नै पठाएको हो कि होइन वा त्यो कुन नम्बर थियो भन्ने स्पष्ट भएको छैन । पहिले सार्वजनिक भएको ९८५१११६४५६ नम्बरको मोबाइल् भने महिलाले एम सरको नाममा सेभ गरेकी छिन् ।
तस्विर सौजन्यः हाम्रा कुरा डट कम
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
६ प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण