गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु
बुधबार, १५ असोज २०७६, १७ : ०२

पोखरा– गोरखामा करेन्ट लागेर एकको मृत्यु भएको छ । फलामको पोलमा झन्डा फेर्ने क्रममा नाङ्गो तार छुदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा आरुघाट गाउँपालिका-९ बगैंचा बस्ने ३६ वर्षीय धन बहादुर गुरुङ रहेको प्रहरीले खुलाएको छ । आफ्नो घरमा बुद्ध धर्मावलम्बीको झण्डा फेर्नको लागि फलामको पोलमा झण्डा फेरि गाड्ने क्रममा बिजुलीको नाङ्गो तारमा छुदा उनको ज्यान गएको हो । प्रहरीका अनुसार करेण्ट लागि घाइते भएका उनलाई तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र आरुचनौटे आरुघाटमा ल्याइएको थियो ।
उपचारका लागि स्वास्थ केन्द्र पुर्याइएका उनलाई डाक्टरले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेको छ । घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति सर्वश्रेष्ठ डेब्यु अभिनेत्री घोषित
-
४५० किलोको ग्यास सिलिन्डर आयात गर्नेबारे ग्यास बिक्रेता सङ्घको विरोध
-
शान्तिश्री परियारको नयाँ गीत ‘वनको तरुल’ सार्वजनिक
-
राज्यको लगानीमाथि जनताको निगरानी बढाउन सूचनाको हक अत्यावश्यक : राष्ट्रपति
-
प्रचण्डलक्षित सूर्य थापाको टिप्पणी, ‘सरकार ढल्ने वक्तव्यबाजीले ध्वनि प्रदूषण मात्रै बढ्यो’
-
बिचौलिया र भ्रष्टाचारीहरू अहिले मस्त निदाइरहेका छन् : सांसद शाही