ज्योति विकास बैंकद्वारा महाराजगञ्जमा वृक्षारोपण
बुधबार, १५ असोज २०७६, १८ : २५
काठमाडौं– ज्योति विकास बैंकले बुधबार काठमाडौंको महाराजगञ्जमा वृक्षारोपण गरेको छ।
काठमाडौं महानगरपालिका र वडा नं ३ महाराजगञ्जसँगको सहकार्यमा ज्योति विकास बैंकले महाराजगञ्ज देखि न्युरो अस्पतालसम्म ४० वटा वृक्षारोपण गरेको छ।
कार्यक्रममा ज्योति विकास बैंकका सहायक महाप्रबन्धक रामहरि आचार्य र वडा नं ३ महाराजगञ्जका वडाध्यक्ष दिपक केसीले संयुक्त रुपमा वृक्ष रोपेका थिए।
काठमाडौं महानगरपालिकाको हरियाली प्रवर्द्धन निति अनुरुपको सो कार्यक्रममा ज्योति विकास बैंक अन्तर्गतको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत बैंकले ४० वटा वृक्षारोपणको लागि सहयोग गरेको छ।
संस्थागत सामाजिक उत्तरदायित्वको हेतुले सिर्जना गरिएको ज्योति विकास बैंकको हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत बैंकले विभिन्न सामाजिक कार्यमा सहयोग पुर्याउंदै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण