विश्व मिलिटरी खेलकुदमा सेनाले भाग लिने
काठमाडौं– चीनको उहानमा कात्तिक १ देखि १० गतेसम्म आयोजना हुने सातौं विश्व मिलिटरी खेलकूद प्रतियोगिता (सिआइएसएम) मा नेपाली सेनाले पनि भाग लिने भएको छ । नेपालले पहिलोपटक यस प्रतियोगितामा भाग लिन लागेको हो । इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिलले प्रत्येक चार वर्षमा आयोजना गर्दै आएको यस प्रतियोगितामा नेपालले १३ खेलमा सहभागिता जनाउन लागेको आयोजित पत्रकार सम्मेलनमा सैनिक शारीरिक तालिम तथा खेलकूद केन्द्रका प्रमुख महासेनानी शशीकिरण रायमाझीले जानकारी दिएका छन् ।
ओलम्पिकपछिको दोस्रो ठूलो खेलकूद महोत्सवका रुपमा रहेको यस प्रतियोगितामा विश्वका एक सय ५ मुलुकका १० हजार सात सय १९ खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा दुई प्रदर्शनी खेलसहित २७ खेल समावेश गरिएको छ । नेपालले आर्चरी, ब्याडमिण्टन, बक्सिङ, घोडचडी, फेन्सिङ, जुडो, ट्रायथलन, ट्र्याक एण्ड फिल्ड, तेक्वान्दो, बिच भलिबल, कुस्ती, मोर्डन पेन्टाथलन र सुटिङ खेलमा प्रतिस्पधाृ गर्नेछ । आठौं राष्ट्रिय खेलकूद प्रतियोगितामा स्वर्ण पदक विजेता र उत्कृष्ट प्रदर्शन गर्ने आर्मीका खेलाडीलाई उक्त प्रतियोगिताका लागि छनोट गरिएको हो ।
प्रतियोगितामा भाग लिने ४० जना खेलाडी र प्रशिक्षक सहितको नेपाली टोली सोज २५, २८ र २९ गते चीन प्रस्थान गर्नेछ । नेपालबाट विशिष्ट पाहुनाको रुपमा प्रतियोगिताको उद्घाटन समारोहमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र नेपाली सेनाका बलाध्यक्ष रथी गौरव तण्डुल सहभागी हुनेछन् । प्रतियोगिता उहान शहरको विभिन्न १२ स्थानमा सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण