‘भ्रष्टाचार नियन्त्रण गर्न जनता सचेत हुनुपर्छ’
काठमाडौं – पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले नागरिक सचेत नभएसम्म भ्रष्टाचार रोक्न नसकिने बताएका छन् । ‘मिसन नेपाल’ नामक संस्थाको आयोजनामा बुधबार काठमाडौँमा भएको अन्तरक्रिया तथा सम्मान कार्यक्रममा उनले अहिलेको अवस्था हेर्दा भ्रष्टाचार रोकिने स्थिति नदेखिएकोसमेत उल्लेख गरे ।
“अहिले देख्दा भ्रष्टाचार रोकिँदैन, एउटा वडाध्यक्षको चुनाव लड्न एक करोड खर्च गर्नुपर्ने अवस्था छ, अनि कसरी रोकिन्छ भ्रष्टाचार”, पूर्वप्रधानमन्त्री चन्दले भने ।
उनले भ्रष्टाचार रोक्न जनतालाई चेतनशील बनाउनुपर्नेमा जोड दिए । मुलुकमा समावेशी अवधारणालाई अर्कैरुपमा व्याख्या गरिएकामा चिन्ता प्रकट गर्दै उनले एकता र मानवता कायम गर्ने गरी समान अवसर प्रदान गर्नु नै समावेशी हो भन्दै अहिले व्यक्तिव्यक्ति बीचको फुट ल्याउने गरी समावेशीतालाई प्रयोग गरिएको बताए ।
कार्यक्रममा मिसन नेपालका अध्यक्ष केपी शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार मुलुकलाई परिवर्तन गर्न स्वतन्त्ररुपमा संस्था खोलेर जनतालाई सचेत बनाउने प्रयास थालिएको बताए ।
सो क्रममा सामाजिक क्षेत्रमा योगदान पु¥याउने विभिन्न क्षेत्रका २५ जनालाई सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण