पाकिस्तान च्याम्पियनः श्रीलंकालाई पाँच विकेटले हरायो
श्रीलंकाविरुद्ध तीन खेलको एकदिवसीय क्रिकेट सिरिज घरेलु टोली पाकिस्तानले जितेको छ । बुधबार राति भएको तेस्रो तथा अन्तिम खेलमा पाकिस्तानले श्रीलंकालाई पाँच विकेटले हरायो । यस जितसँगै पाकिस्तानले सिरिज २–० ले जितेको हो । दुई टोलीबीचको पहिलो खेल रद्ध भएको थियो । दोस्रो खेलमा पाकिस्तान ७६ रनले विजयी भएको थियो ।
कराचीमा भएको खेलमा श्रीलंकाले दिएको दुई सय ९८ रनको लक्ष्य पाकिस्तानले ४८.२ आभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो । पाकिस्तानका लागि तीन खेलाडीले अर्धशतकीय रन बनाए । फखर जमानले ७६, अबिद अलीले ७४ र हरिस सोहिलले ५६ रन बनाएका थिए । बाबर आजमले ३१, इफ्खितर अहमदले २८ र कप्तान शरफराज अहमद २३ रन बनाए । श्रीलंकाका लागि नुवान प्रदीपले दुई विकेट लिए ।लाहिरु कुमारा, वानिन्दु हरंरगा, शेहान जयसूर्याले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा नौ विकेटको क्षतिमा एक सय ९७ रन बनाएको थियो । श्रीलंकाका लागि दनुस्का गुनाथिलकाले एक सय ३३ रनको शतकीय रन बनाए पनि टोलीको हार टार्न सकेनन् । डसुन सनकाले ४३, मिनोद भनुका र कप्तान लाहिरु थिरिमानेले समान ३६ र एन्जिलो परेरा १३ रन बनाए ।
पाकिस्तानका मोहमद आमिरले तीन विकेट लिए । उस्मान शिनवारी, सादब खान, वहाब रियाज र मोहमद नवाजले एक एक विकेट लिएका थिए । अब दुई टोलीबीच तीन खेलको टी–२० सिरिज शनिबारदेखि हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण अफ्रिकाविरुद्ध चेकियालाई छैटौँ मिनेटमै अग्रता
-
स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु
-
गण्डकी प्रदेशसभा : बजेटमाथि छलफल सुरु
-
एनआरएनएको बजेट घोषणा, संरक्षक परिषद्मा ५ जना नियुक्त (पूर्णपाठ)
-
आप्रवासीहरूको नागरिकता खोस्ने अभियान तीव्र बनाउँदैछ ट्रम्प प्रशासन
-
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ चिनियाँ नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण