महोत्तरीमा अबैध चाँदीसहित एक भारतीय नागरिक पक्राउ
बिहीबार, १६ असोज २०७६, १९ : ५६
बर्दिवास – महोत्तरी प्रहरीले बिहिवार दिउँसो महोत्तरीको जलेश्वर नगरपालिका ६ खैरा चोकबाट अबैध १० किलो ९ सय ग्राम चाँदी सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य सितामढी हनुमान नगर ग्राम पञ्चायत वडा नम्बर १ घर भएका राजेन्द्र शाहका २५ वर्षीय छोरा सिताराम शाह रहेका छन । सिताराम ज १२ प ६३३ नम्बरको हिरो स्प्लेन्डर मोटर साइकल चढी भारतबाट महोत्तरीको जलेश्र तर्फ जाँदै थिए । जलेश्वर नगर पालिकाको खैरा चोकमा पुगेपछि प्रहरीले चेकजाँच गर्दा उनी पक्राउ परेको महोत्तरी प्रहरीले जनाएको छ ।
घटनावारे थप अनुसन्धान भैरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण