१० वर्षपछि पुर्ख्यौली घरमा दसैँ मनाए मन्त्री विष्टले
मङ्गलबार, २१ असोज २०७६, १७ : ५७
गुल्मी । संघीय सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले १० वर्ष पछि गुल्मीको दोहलीस्थित बुढोघर मै आएर दसैँ मनाएका छन् ।
ईस्मा गाउँपालिका वडा नम्बर–४ दोहलीस्थित बाँझामा रहेकी ९० वर्षीया आमा चिन्ताकलीको हातबाट मन्त्री विष्टले टीका थाप्दा ६० जना भन्दा बढि बिष्ट परिवारको घुइँचो थियो ।
‘घरमै दसैँ हर्षउल्लासका साथ मनाउने धोको यो वर्ष पुरा भएको छ,’ मन्त्री विष्टले भने, ‘घरमै दसैँ मनाएको झण्डै दश वर्षपछि हो । आमासँग टीका थापेको भने सात–आठ वर्ष भयो ।’
उनले ईस्मा गाउँपालिका प्रमुख रहेका दाजु लक्ष्मण विष्टको हातबाट टीका थापे । त्यस्तै, माइला दाजु निरबहादुर बिष्ट र भाउजुहरुसँग पनि टिका थापेका थिए । उनी त्यस परिवारका साइँला भाई हुन् । त्यस पछि उनले भाई चुराबहादुर विष्ट, भतिज रवीचन्द्र बिष्ट लगायलाई पनि टिका लगाइदिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय निर्वाचनले जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द
-
बागमती प्रदेश : दश महिनामा ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व सङ्कलन
-
जेठमा ५ फिल्म रिलिज हुने : स्टारको भिडन्त, कथामा भेराइटी
-
सहकारी पीडितका पक्षमा उभिए कास्कीका राजनीतिक दल, गृहमन्त्री जिम्मेवार नभएको आरोप
-
अभ्यास खेलमा विनवार्डस भोलक्यानोजविरुद्ध नेपालको दोस्रो जित
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची