१० वर्षपछि पुर्ख्यौली घरमा दसैँ मनाए मन्त्री विष्टले
मङ्गलबार, २१ असोज २०७६, १७ : ५७
गुल्मी । संघीय सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले १० वर्ष पछि गुल्मीको दोहलीस्थित बुढोघर मै आएर दसैँ मनाएका छन् ।
ईस्मा गाउँपालिका वडा नम्बर–४ दोहलीस्थित बाँझामा रहेकी ९० वर्षीया आमा चिन्ताकलीको हातबाट मन्त्री विष्टले टीका थाप्दा ६० जना भन्दा बढि बिष्ट परिवारको घुइँचो थियो ।
‘घरमै दसैँ हर्षउल्लासका साथ मनाउने धोको यो वर्ष पुरा भएको छ,’ मन्त्री विष्टले भने, ‘घरमै दसैँ मनाएको झण्डै दश वर्षपछि हो । आमासँग टीका थापेको भने सात–आठ वर्ष भयो ।’
उनले ईस्मा गाउँपालिका प्रमुख रहेका दाजु लक्ष्मण विष्टको हातबाट टीका थापे । त्यस्तै, माइला दाजु निरबहादुर बिष्ट र भाउजुहरुसँग पनि टिका थापेका थिए । उनी त्यस परिवारका साइँला भाई हुन् । त्यस पछि उनले भाई चुराबहादुर विष्ट, भतिज रवीचन्द्र बिष्ट लगायलाई पनि टिका लगाइदिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण