बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णाली प्रदेश : कांग्रेसका मन्त्रीले राजीनामा दिएपछि प्रतिपक्षी दल छलफलमा

बुधबार, ३१ असार २०८३, १६ : ११
बुधबार, ३१ असार २०८३

सारांश

  • कर्णाली प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि प्रमुख प्रतिपक्षी दल नेकपाको संसदीय दलको बैठक बसेको छ।
  • बैठकमा समसामयिक विषयमा छलफल भइरहेको नेकपा संसदीय दलका नेता मंगलबहादुर शाहले बताएका छन्।
  • सत्ता गठबन्धन फेरिन सक्ने चर्चाका बीच बसेको यो बैठकलाई चासोपूर्वक हेरिएको छ।

सुर्खेत । बुधबार बिहान कर्णाली प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठक बसेकाे छ ।

बुधबार अपराह्नदेखि कर्णाली प्रदेश संसदीय दलकाे बैठक सुरु भएकाे नेकपा संसदीय दलका नेता मंगलबहादुर शाहले राताेपाटीलाई बताए। बैठकमा समसामयिक विषयमा छलफल भइरहेको उनले बताए । 

 सत्ता गठबन्धन फेरिन सक्ने चर्चा गरिरहेका बेला बसेको विपक्षी दलको बैठकलाई चासोपूर्वक हेरिएको छ । आजै  रातोपाटीसँग कुराकानी गर्दै कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले राजनीतिमा असम्भव भन्ने केही नहुने भन्दै नयाँ गठबन्धन बन्न सक्ने समेत बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप