बस दुर्घटना हुँदा ३८ जना घाइते, एकको अवस्था गम्भीर
बुधबार, २२ असोज २०७६, ११ : ४८
चितवन – चितवनमा बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । काठमाडौँबाट सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रिबस भरतपुर महानगरपालिका–१२ आस्था चोकमा गए राति १२ः३० बजे दुर्घटना हुँदा ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बस आफैँ अनियन्त्रित भई सडक छेउको पीपलको रुखमा ठक्कर खाएर दुर्घटना भएको हो ।
घाइतेको पुरानो मेडिकल कलेज र भरतपुरको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये २७ को अवस्था मध्यम रहेको छ ।
यस्तै १० जना सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक पनि सामान्य घाइते भएका छन् । बसमा करिब ४५÷४६ जना सवार रहेको थियो । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण