स्वास्थ्य राज्यमन्त्री सहभागी कार्यक्रमका लागि चिया पकाउने क्रममा ग्यास पड्कियो, ४ जना घाइते
जनकपुरधाम । संघीय सरकारका एक राज्यमन्त्री सहभागी कार्यक्रमका लागि चिया पकाउने क्रममा ग्यास सिलिन्डर पड्किदा महोत्तरीमा चार जना घाइते भएका छन् ।
शुक्रबार समाजवादी पार्टी नेपालको स्थानीय पार्टी कमिटीले गौशाला नगरपालिका वडा नम्बर ८ मा दसै, तिहार तथा छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादव सहभागी भएका थिए ।
सो कार्यक्रमका लागि चियालगायतका खानेकुरा पकाउने क्रममा एक्कासी ग्यास सिलिण्डर लिक भइ विस्फोट भएको थियो । विस्फोटमा परी सोही वडाका २७ वर्षिय ओम प्रकाश (सरोज) यादव, २८ वर्षिय कौशल यादव, १७ वर्षिय सन्तोष पासवान र १७ वर्षिय रिकेश यादव घाइते भएका छन् ।
घाइतेहरुको गौशाला स्थित एक पोलिक्लिनिकमा प्राथमिक उपचारपछि अहिले जनकपुर स्थित राज्यमन्त्रीको निजी अस्पताल जानकी हेल्थ केयरमा थप उपचार भइरहेको छ ।
उपचाररत ४ जना मध्ये ओम प्रकाश यादव र कौशल यादवलाई गम्भिर घाइते भएका छन् । सन्तेष पासवान र रिकेश यादवको अवस्था भने सामान्य रहेको जानकी हेल्थ केयरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण