चिनियाँ राष्ट्रपति सीलाई ‘गार्ड अफ अनर’
काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङलाई गार्ड अफ अनर प्रदान प्रदान गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सीलाई नेपाली सेनाले सम्मानस्वरुप ‘गार्ड अफ अनर’ प्रदान गरेको हो । नेपाली सेनाले २१ तोपको सलामी समेत दिएको छ ।
राष्ट्रपति सीलाई विमानस्थलमा समकक्षी विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीलगायत उच्च पदस्थ अधिकारीहरुले स्वागत गरेका थिए ।
राष्ट्रपति सी विमानस्थलबाट सोझै सोल्टी होटल प्रस्थान गर्नेछन् । दुई समकक्षीबीच शनिबार साँझ नै शीतल निवासामा शिष्टाचार भेटवार्ता हुनेछ ।
यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति सीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । देउवासँगको भेटवार्ता सकेर सी नेपाली समकक्षी विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रीभोजमा सहभागी हुनेछन् ।
भ्रमणदलमा राष्ट्रपति सीकी श्रीमती भने सहभागि छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण