सी जिनपिङको सुरक्षामा नेपाली सेनाको रातभर हेलिकप्टरबाट गस्ती
आइतबार, २६ असोज २०७६, ०६ : २९
नेपालको दुईदिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङको सुरक्षामा नेपाली सेनाले रातभर हवाई गस्ती गरेको छ ।
शानिबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका राष्ट्रपति सी बसेको होटल सोल्टीलाई केन्द्र बनाएर सेनाको नाइटभिजन उपकरण जडित एमआई–२६ हेलिकप्टरले रातभर गस्ती गरेको हो ।
राष्ट्रपति सी विमानस्थल ओर्लनुअघि र पछि इकुरेल हेलिकप्टरबाट हवाई गस्ती गरिएको थियो ।
हवाई गस्तीका लागि अगुस्टा वेस्टल्यान्ड हेलिकप्टरलाई पनि तयार राखिएको छ ।
राष्ट्रपति सीको भ्रमण अवधिभर नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र चिनियाँ जनमुक्ति सेना गरी चार तह तथा हवाई गस्तीबाट सुरक्षा व्यवस्था मिलाईएको हो । यो समाचार कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण