चियापान कार्यक्रममा कलाकारलाई टिका र दक्षिणा
काठमाडौं– नेपाल चलचित्र कलाकार संघले महान दसैँ, तिहार र छठको अवसर पारेर राजधानिमा विजयादशमीको टीकासहित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा संघका अध्यक्ष रविन्द्र खड्का तथा बरिष्ठ चलचित्रकर्मी तथा गीतकार यादव खरेलले कलाकारहरुलाई टिका लगाई दिएका थिए ।
संघका उपाध्यक्ष मोहन निरौला, महासचिव चेतबहादुर सिंह ‘राजा’, नेपाल संगीत तथा नाट्य कला प्रतिष्ठानका उपकूलपति हरिहर शर्मा, संघका सल्लाहाकार तथा नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, बरिष्ठ चरित्र अभिनेत्री लक्ष्मी गिरी, सानु ताम्राकार, कोषाधक्ष्य सुनिल कटुवाल, वरिष्ठ कलाकार टीका पहाडी, आरपी पन्त, गायक आनन्द कार्की, सीताराम पोखरेल लगायतले कार्यक्रममा उपस्थिति रहेको थियो ।
कलाकार संघले चाडको अवसर पारेर शुभकामना आदान–प्रदान कार्यक्रममार्फत सबैलाई एकै ठाउमा भेला गराएर प्रशंसनीय काम गरेको उक्त अवसरमा सहभागीले बताए । कार्यक्रम संघको स्थापना भएको ३१ वर्ष पुगेको अवसरमा कलाकारलाई दुसैँको टिका सहित ३१ रुपैयाँ दक्षिणा पनि दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
-
आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण