स्वदेश फर्किए चिनियाँ राष्ट्रपति सी, समकक्षी भण्डारीले गरिन् विदाई
आइतबार, २६ असोज २०७६, १४ : २४
काठमाडौँ । नेपालको राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सि जिनपिङ २ दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।
स्वदेश फर्कने क्रममा सीलाई आफ्ना समकक्षी विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर विदाइ गरेकी थिइन् ।
राष्ट्रपति सीलाई विदाई गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रप्लगायत उच्चपदस्थ अधिकारीहरु विमानस्थल पुगेका थिए ।
आफ्ना समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणामा सी शनिबार अपरान्ह नेपाल आएका थिए ।
नेपाल भ्रमणको क्रममा राष्ट्रपति सीले समकक्षी विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग वान अन वान वार्ता समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण