राजपा नेपालसँग एकीकरण हुने कि नहुने विषयमा समाजवादी पार्टीले निर्णय गर्दै
काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपाल लगायतका दल तथा संगठनहरुसँग एकताको विषयमा छलफल गर्न समाजवादी पार्टीले आज केन्द्रीय समितिको बैठक बोलाएको छ ।
बालकुमारीस्थित पार्टी कार्यालयमा बोलाएको बैठकमा राजपा नेपाल लगायतका पार्टी तथा संगठनहरुसँग एकता तथा ध्रुवीकरणका बारेमा पनि छलफल हुने समाजवादी पार्टीका प्रचार विभागका उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।
राजपा नेपालसँग हालसम्म भएको छलफलका प्रगतिबारे पार्टीका दुईजना अध्यक्षले आजको बैठकमा जानकारी गराउने र त्यसमा अन्य नेताहरुको पनि राय दिनेछन् । त्यसपछि यो एकता प्रकृयालाई कसरी अगाडि बढाउने विषयमा छलफल हुने उनले बताए ।
दुई दलको बीचमा लामो समयदेखि एकताको प्रयासस्वरुप वार्ता भइरहेको छ । तर हालसम्म केही टुंगो लागेको छैन ।
साथै बैठकमा तत्कालीन नयाँ शक्ति नेपाल र समाजवादी पार्टीबीच भएको एकतापछि समायोजनका के कति काम भएको छ, त्यसको बारेमा पनि छलफल हुनेछ । समायोजनका बाँकी रहेका कामलाई पूर्णता दिनेबारे पनि छलफल हुने उनले बताए ।
पार्टी समायोजन र राष्ट्रिय जनता पार्टी नेपालसँगको एकताको विषय टुंगो लागेपछि पार्टी महाधिवेशनको अर्को नयाँ मिति तोक्ने उनले बताए । यसअघि असोज २९, ३० र ३१ गतेका लागि महाधिवेशनको मिति तय गरिएको थियो । हाललाई महाधिवेशन स्थगित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण