मनाङ एयरले थाल्यो अत्याधुनिक हेलिकप्टरबाट उडान
काठमाडौं । वायुसेवा प्रदायक कम्पनी मनाङ एयर प्रालिले नयाँ हेलिकोप्टरबाट व्यवसायिक उडान सुरु गरेको छ । कम्पनीले सोमबारदेखि फ्रान्समा निर्मित आत्याधुनिक एयरबस हेलिकोप्टर AS350B3e (H125) को हेलिकोप्टर 9N-ANJ बाट व्यवसायिक उडान सुरु गरेको हो ।
सोमबार प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले औपचारिक रुपमा नयाँ हेलिकप्टरबाट सेवा सुरु गरेको जानकारी दिएको छ ।
कम्पनीद्धारा संचालनमा ल्याएको अत्याधुनिक नयाँ एयरबस हेलिकप्टरले २३ हजार फिटको उच्च उचाइसम्म सुरक्षित उडाउन भर्न सक्ने कम्पनीको दाबी छ ।
नयाँ हेलिकप्टर संचालन आएसँगै कम्पनीको सेवामा थप विस्तार भएको र अति दक्ष पाइलट तथा प्राविधिकद्वारा पर्यटकीय, दृष्यावलोकन तथा उद्धार कार्य उडानमा सहयोग पुग्ने र विमानसेवामा अझ बढि प्रभावकारीता प्रदान हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
उडान सुरु गरिएको हेलिकप्टर मार्फत अतिउच्च हिमाली क्षेत्रहरुमा उद्दार, स्वदेशीलाई आवश्यक ठाउँमा उडान तथा विकास निर्माण लगायतका विविध क्षेत्रमा समेत हेलिकप्टर प्रयोग गर्न सकिने कम्पनीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण