बूढानीलकण्ठमा कौडा खेलिरहेका ११ जना प्रहरी नियन्त्रणमा
काठमाडौं– काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले कौडा खेलिरहेका ११ जनालाई पक्राउ गरेको छ । बूढानीलकण्ठ नगरपालिका वडा नं. ४ स्थित भसमथली क्वाटोलमा रहेको उत्तम कुईकेलको घरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । सो घरमा जुवा खेलीरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग, बुढानिलण्ठका प्रहरी निरीक्षक भूपेन्द्र गिरीको नेतृत्वमा गएको टोलीले छापा मारेर उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुको साथबाट ४ लाख १० हजार १५ रूपैयाँ र खेलमा प्रयोग गरेको कौडा र तास समेत बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तम राज सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार पक्राउ पर्नेमा वुढानिलकण्ठ नगरपालिका–४ वस्ने ४३ वर्षीय उत्तम कुईकेल , ३६ वर्षीय शिवराम भण्डारी, ३४ वर्षीय कृष्ण खत्री, ३२ वर्षीय मनोज खत्री, ३८ वर्षीय प्रेम दुलाल, ३५ वर्षीय नारायण खत्री, ३९ वर्षीय रोहित खत्री, ३६ वर्षीय सुरेन्द्र श्रेष्ठ, ४३ वर्षीय नारायण भण्डारी रहेका छन् ।
त्यस्तै टोखा नगरपालिका २ वस्ने ३४ वर्षीय बालकृष्ण श्रेष्ठ, ४२ वर्षीय हरिप्रसाद डंगोललाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुका माथि थप अनुसन्धान जारी रहेको काठमाडौं प्रहरी परिसर टेकुले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण