एनआरएनएमा असन्तुष्टि बढ्दोः संस्थापक अध्यक्ष महतो भन्छन्, राजनीतिक समूहजस्तो बन्यो
गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको राजनीतिक अन्तरविरोध छताछुल्ल भएको छ। संघको मंगलबारदेखि काठमाडौंमा जारी नवौं महाधिवेशनमा अधिकांश उम्मेदवारहरू राजनीतिक पृष्ठभूमिबाट आएको भन्दै यसका केही अभियन्ताहरूले असन्तुष्टि पोखेका छन्।
यसको अग्रपंक्तिमा संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो नै देखिएका छन् । उनले राजनीतिक खिचातानी बढेको भन्दै मंगलबार सम्मेलन नै बहिष्कार गरे ।
यस विषयमा नेपाल समाचारपत्रसँग कुरा गर्दै उनले संघमा पछिल्लो समय राजनीति मौलाउँदै गएकाले आफू यसविरूद्ध उत्रेको प्रतिक्रिया दिए । ‘अनावश्यक राजनीतिक हस्तक्षेप बढेकाले उपस्थित नभएको हुँ, पहिलेभन्दा यसपटक राजनीति बढी नै भएजस्तो लाग्यो।’ –महतोको भनाइ थियो।
संसारभर छरिएर रहेका नेपालीलाई एकताबद्ध गराउन स्थापित संस्थामा राजनीति बढ्दै गएकोमा रोष प्रकट गर्दै संस्थापक अध्यक्ष महतोले प्रतिप्रश्न गरे– ‘विदेशी भूमिमा आर्जन गरेको ज्ञान, सीप, क्षमता तथा पूँजीलाई मातृभूमिको विकासमा लगाउनुपर्ने संस्था नै राजनीतिक समूहजस्तो बनेपछि देशको विकास कसरी हुन्छ?’ यो समाचार आजको नेपाल समाचारपत्रमा परिवर्तन देवकोटाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण