शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
राताेपाटी ब्रिफिङ

१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक

शुक्रबार, ०८ साउन २०८३, २१ : ५९
शुक्रबार, ०८ साउन २०८३

सारांश

  • नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनले बढाएको विवादले ध्रुवीकरण तीव्र पारेको छ ।
  • विपक्षी चार वामपन्थी दलहरूले बालेन्द्र शाह नेतृत्वको सरकारविरुद्ध चौतर्फी दबाब सिर्जना गर्ने निष्कर्ष निकालेका छन् ।
  • सरकारले नयाँ राजदूत नियुक्त गर्न नसकेपछि पुराना राजदूतहरूको म्याद थपेर काम चलाइरहेको छ ।

आज २०८३ साउन ८ गते शुक्रबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ ।

  • कांग्रेसभित्र ध्रुवीकरण तीव्र

नेपाली कांग्रेसभित्र ध्रुवीकरण तीव्र हुँदै गएको छ। विशेष महाधिवेशनले बढाएको विवाद पछिल्लो समय चरमचुलीमा पुगेको छ।

  • बालेन सरकारविरूद्ध प्रचण्डकाे घेराबन्दी सूत्र  

विपक्षी चार वटा वामपन्थी दलहरूले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारविरुद्ध चौतर्फी दबाब सिर्जना गर्नुपर्ने निष्कर्ष निकालेका छन्।

  • ‘जान्नेलाई छान्ने’ बाचा, ‘आफ्नालाई तान्ने’ बाटोमा सरकार 

सरकार जान्नेलाई छान्ने, मेरिटोक्रेसी, खुला प्रतिस्पर्धा र कानुनी मापदण्डको नारालाई कुनै पनि मान्यता दिएको पाइँदैन । पात्र पहिल्यै तय गरेर प्रतिस्पर्धालाई नाटक बनाएको आरोप लागेको छ।

  • ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक ! 

एक महिना अघि अर्थात् असार ७ गते प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आफ्नो नेतृत्वको सरकारलाई ‘एक्सप्रेस वे’मा हिँडेको गाडीसँग तुलना गर्दै गन्तव्यमा नपुगी कुनै हालतमा नरोकिने बताएका थिए ।

थप 

  • अदालत

नेपाल बाल सङ्गठन (बाल मन्दिर) को जग्गा र सरकारी बजेट बेइमानीपूर्वक व्यक्तिगत लाभमा प्रयोग गरी ठगी गरेको आरोपमा ८ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।

  • टिकटकर तुल्सी अधिकारी हनी ट्रयाप प्रकरण 

 मुद्दा अभियोजनका सन्दर्भमा सरकारी वकिलको निर्देशन मान्नु प्रहरी कार्यालय वा पदाधिकारीको दायित्व हो, तर सरकारी वकिल कार्यालयले दिएको निर्देशन प्रहरी कार्यालय वा प्रहरी अधिकारीले मानेनन् भने के हुन्छ ?

  • प्रहरिकाे पत्रकार सम्मेलन

प्रहरीले अपराधमा संलग्न हुनसक्ने शंकित व्यक्तिहरूको ‘क्रिमिनल प्रोफाइलिङ’ तयार गरेको छ । 

थप 

  • अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को मध्यावधि निर्वाचनमा डेमोक्र्याट उम्मेदवारहरूलाई निरन्तर ‘समाजवादी’ वा ‘कम्युनिस्ट’ भनेर आक्रमण गर्ने रणनीति अपनाएका छन्।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप