नेपालको हार्ने क्रम जारीः नेपाल जोर्डनसँग ३–० गोलले पराजित
सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबल अन्तर्गत एसियाली राष्ट्रको दोस्रो चरणको छनोट खेलमा नेपालको हार्ने क्रम जारी छ । मंगलबार राति भएको खेलमा नेपाल जोर्डनसँग उसैको मैदानमा ३–० गोलले पराजित भएको छ ।
पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको नेपालले तीनवटै गोल दोस्रो हाफमा खाएको थियो । लगातार नेपालको पोस्ट्मा दबाब श्रृजना गरेको जोर्डनका लागि फेरास शेल्बाइह, अहमेद अल इर्सान र बाहा फैसलले गोल गरे ।
नेपालले पाँचदिन अघिमात्र अष्ट्रेलियासँग ५–० गोलको हार खेपेको थियो । छनोट खेलको समूह ‘बी’ मा रहेको नेपाल यसअघि पहिलो खेलमा कुवेतसँग ७–० गोलले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा चाईनिज ताइपेईलाई २–० गोलले हराएको थियो । तेस्रो हारसँगै नेपाल तीन अंक सहित समूहको चौथो स्थानमा छ ।
नेपाललाई हराएको जोर्डन सात अंक सहित दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको अष्ट्रेलियाले तीन खेलबाट नौ अंक बनाएको छ । अष्ट्रेलियाले मंगलबार नै चाईनिज ताईपेईलाई ७–१ गोलले हराएको थियो ।
समूहमा चार अंक बनाएको कुवेत तेस्रो स्थानमा छ । खाता खोल्न नसकेको चाईनिज ताईपेई समूहको पूछारमा छ । नेपालले अब समूहका बाँकी चारै खेल घरेलु मैदान दशरथ रंगशालामा खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण