बार्सिलोना शीर्ष स्थानमा उक्लियो
शनिबार, ०२ कात्तिक २०७६, १९ : ५८
एजेन्सी – स्टार खेलाडीहरु लियोनल मेस्सी, एन्टोइन ग्रीजम्यान र लुइस स्वारेजले गोल गरेपछि साविक विजेता बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा बार्सिलोनाले इबरलाई उसैको मैदानमा ३–० गोलले हरायो ।
बार्सिलोनाको जितमा एन्टोइन ग्रीजम्यानले १३औं मिनेटमा खाता खोले । लियोनल मेस्सीले ५८औं मिनेटमा दोस्रो गोल गरे । लुइस स्वारेजले ६६औं मिनेटमा गोलगर्दै बार्सिलोनाको जित सहज बनाए । जितसँगै बार्सिलोनाले नौ खेलबाट १९ अंक बनाएको छ । इबरले नौ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडले आठ खेलबाट १८ अंक बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण