टोखाबाट दुई लाख नगदसहित जुवाडे पक्राउ
काठमाडौं – महानगरीय प्रहरीवृत्त महाराजगञ्जले रु दुई लाख चार हजार नगदसहित नौ जुवाडेलाई पक्राउ गरेको छ । वृत्तको टोलीले टोखा नगरपालिका–१० भण्डारी टोलस्थित जीतबहादुर केसीको घरमा जुवा खेलिरहेको अवस्थामा आज दिउँसो पक्राउ गरेको हो ।
वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । यसैगरी वृत्तले आजै गरेको ‘कर्डन एण्ड सर्च अप्रेसन’मा शङ्कास्पद र गैरकानूनी गतिविधिमा संलग्न ३२ जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा १४ महिला र १८ पुरुष रहेacका छन् ।
यस्तै महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले ३२ प्याकेट पटाकासहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–३ टिचिङ अस्पताल पछाडिको गल्लीमा किराना पसल सञ्चालन गर्ने ३३ वर्षीय गीता शर्मालाई पक्राउ गरिएको हो । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको लम्सालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण