नक्कली नोट बनाउने गिरोह मेसिनसहित बौद्धबाट पक्राउ
काठमाडौँ । महानगरीय प्रहरी वृत्त बौद्धले नक्कली नोट बनाउने मेसिनसहित एक गिरोहलाई पक्राउ गरेको छ ।
शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि सुरु गरेको अप्रेशन ‘क्लिन बौद्ध’ अभियान अन्तर्गत सो गिरोह नक्कली नोट र छपाइ मेसिनसहित पक्राउ परेको जनाइएको छ ।
काठमाडौं गोकर्णेश्वर नगरपालिका–६, नयाँबस्ती विपुल चोकमा रहेको एउटा घरको ‘फ्ल्याट’ भाडा लिएर नक्कली नोट छपाइको काम गर्दै आएको गिरोहलाई पक्राउ गरिएको जनाइएको छ । पक्राउ पर्नेमा तीन जना छन् ।
उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशबहादुर सिंहले जानकारी दिए ।
छापाका क्रममा नोट बनाउने सामग्री बरामद भएको उनले बताए ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले नक्कली नोट छाप्ने मेसिनसमेत फेला परेका कारण उक्त गिरोहलाई चानचुने मान्न नसकिने रातोपाटीलाई बताए । यद्यपि उनीहरुको कोठाबाट करिब ३५ हजार नक्कली नोटमात्र बरामद भएको छ ।
नक्कली नोट थोरै परिमाणमा बरामद भए पनि उनीहरुले छाप्नका लागि तयारी अवस्थामा राखेका कागज र मेसिन हेर्दा ठूलै गिरोह रहेको अनुमान गर्न सकिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण