नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग शिलान्यास गर्दै ओलीले भने–थानकोट–चित्लाङ सुरुङमार्ग पनि बन्छ
सोमबार, ०४ कात्तिक २०७६, १६ : ०८
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले थानकोट–चित्लाङ सुरुङमार्ग पनि छिट्टै शिलान्यास गरिने बताएका छन् ।
राजधानी भित्रिने मुख्य नाकाका रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । उनले थानकोट -चित्लाङ सुरुङमार्ग बनेपछि ५ मिनेटमै आवजावत गर्न सकिने धारणा राखे । त्यसका लागि सर्भेको काम सुरु भैसकेको उनले जानकारी दिए ।
उनले आफ्नो सरकारले विकास र समृद्धि चाहेको भन्दै त्यसअनुसार कार्य भइरहेको पनि बताए ।
आफू नेतृत्वको सरकारले हालसम्म गरेका कामको बेलिबिस्तार लगाउन लामो समय खर्चिएका प्रधानमन्त्रीले सुखी नेपाली समृद्ध नेपाल बनाइछाड्ने उद्घोष गरे ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण