यु–२३ फुटबल टोली कतार जाने
काठमाडौं– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्न तेइस वर्षमुनि (यु–२३) को नेपाली राष्ट्रिय फुटबल टोली कतारको दोहा प्रस्थान गर्ने भएका छन् । नेपालमा आयोजना हुने १३औंँ दक्षिण एशियाली खेलकूद (साग) को तयारीमा रहेको नेपाली टोलीले त्यहाँ म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्नेछन् । कतारस्थित दोहा रङ्गशालामा हुने उक्त खेल यही कात्तिक ८ गते हुनेछ । नेपाली टोली आज बेलुका ९ः४० बजे दोहा प्रस्थान गर्नेछ ।
उक्त मैत्रीपूर्ण खेलमा सहभागिता जनाउने २४ खेलाडीसहित ३२ सदस्यीय नेपाली टोलीलाई आज यहाँ आयोजित एक कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्यसचिव रमेश सिलवाल, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का कार्यबाहक अध्यक्ष पङ्कज नेम्बाङलगायतले सफलताको शुभकामना दिँदै बिदाइ गरे । नेपाली टोलीमा नवयुग श्रेष्ठ, अनन्त तामाङ, अञ्जना विष्ट, विक्रम लामा, सुजल श्रेष्ठ, दिनेश राजवंशी, तेज तामाङ, अभिषेक रिजाल, सुनिल बल, हेमन्त थापामगर, छिरिङ गुरुङ र अर्पन कार्की छन् ।
त्यसैगरी दीप कार्की, देव लिम्बू, विकास खवास, रोमन लिम्बू, नितिन थापा, सेसेहाङ आङदेम्वे, मिक्चेन तामाङ, रामचन्द्र वाजी, प्रिजेन तामाङ, रेजिन सुब्बा, राजीव लोप्चन, र सुमन अर्याल छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीको प्रश्न : चुच्चे नक्सा छाप्ने र देश बनाउने एमाले कसरी अलोकप्रिय हुन्छ ?
-
सरकारले गर्यो सयदिने उपलब्धि सार्वजनिक
-
एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली
-
स्कुल नटेकेकी तर समाजलाई पाठ पढाएकी स्रष्टा दुर्गादेवी
-
१०० बुँदे शासकीय सुधार कार्यान्वयनमा सरकार असफल, संसदमा सशक्त रूपमा उठाउने कांग्रेसको निर्णय
-
प्रधानमन्त्री बालेनलाई संसदमा आउन आङ्देम्बको निम्तो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण