शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री बालेनलाई संसद्‌मा आउन आङ्देम्बेको निम्तो

शनिबार, २० असार २०८३, १५ : ५४
शनिबार, २० असार २०८३

सारांश

  • प्रमुख विपक्षी नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई संसद्मा आउन आग्रह गरेका छन् ।
  • संसदीय प्रणालीमा प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने भन्दै आङ्देम्बेले सभामुखलाई जानकारी दिएर संसद आउन सुझाएका हुन् ।
  • गत जेठमा प्रधानमन्त्री बालेनले जानकारी नदिई संसदमा गई सीमा सम्बन्धी प्रश्नको जवाफ दिने क्रममा दिएको अभिव्यक्ति विवादित बनेको थियो ।

काठमाडौँ । प्रमुख विपक्षी नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई संसद्‌मा आउन आग्रह गरेका छन् । संसदीय प्रणालीमा प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने भन्दै संसद् आउन आग्रह गरेका हुन् । तर, आउनुअघि सभामुखलाई जानकारी दिन सुझाएका छन् । 

‘तपाईं संसदमा आउनुपर्छ, संसद्को अवमूल्यन गर्न हुँदैन तर आउनुअघि सभामुखलाई चाहिँ जानकारी दिनुहोस्,’ आङ्देम्बेले शुक्रबारको संवैधानिक परिषद् बैठकमा आग्रह गरेको खुलेको छ । 

जवाफमा प्रधानमन्त्री बालेनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘जानकारी नगराई पनि जान मिल्दो रहेछ ।’

लगत्तै आङ्देम्बेले भने, ‘त्यसरी मिल्ने त सांसदलाई पो त । तपाईं त प्रधानमन्त्री हो नि । जतिखेर बोल्न मन लाग्यो त्यतिखेर कहाँ बोल्न मिल्छ ?’

गत १७ जेठमा प्रधानमन्त्री बालेन संसद् बैठकमा आकस्मिक रूपमा पुगेका थिए । सभामुख डोलप्रसाद अर्याललाई समेत जानकारी नदिइकन पुगेपछि बोल्न हात उठाएर समय मागेका थिए ।

सभामुख अर्यालले समय दिएपछि उनी रोष्ट्रममा गएका थिए र प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सहभागी भएका थिए । त्यहीबेला उनले सीमा सम्बन्धी सांसदहरूले सोधको प्रश्नमा जवाफ दिने क्रममा ‘नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ उनले भनेका थिए ।  जुन अभिव्यक्ति विवादित बनेकाे थियाे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप