रणबीर–आलियाको विवाहको कार्ड बाँडिएपछि...
इन्टरनेटमा कहिले के भाइरल हुन्छ त्यो भन्न सकिँदैन । ताजा मामला रणबीर कपुर र आलिया भट्टसँग जोडिएको छ । दुबैको प्रेम सम्बन्धको लामो समयदेखि चर्चा भइरहेको छ । भारतका विभिन्न मिडियाले त उनीहरुको चाँडै नै विवाह हुन लागेको समेत जानकारी दिएको छ ।
यसैबीच सोसल मिडियामा रणबीर–आलियाको विवाहको कार्ड भाइरल हुन थालेको छ । कार्डका अनुसार दुइएको विवाह राजस्थान जोधपुरस्थित उम्मेद भवन प्यालेसमा सन् २०२० को जनवरी २२ मा हुने छ ।
यो विवाहको कार्डलाई ट्वीटर र ह्वाट्सएपमा अत्यधिक बाँडिएका छन् । यद्यपि, कार्डलाई ध्यानपूर्वक हेर्ने हो भने यो फोटोसप भएको थाहा हुन्छ । कार्डमा स्पेलिङ र ग्रामर अत्यधिक बिगारिएको छ । कार्डमा आलियाको नाम नै बिगारिएको छ ।
यसबाहेक कार्डमा आलियालाई मुकेश भट्टकी छोरी बताइएको छ जबकी उनी फिल्म निर्माता महेश भट्टकी छोरी हुन् । त्यसमाथि यी दुईको विवाह हुने खबर दुबै परिवारका कुनै पनि सदस्यले दिएका छैनन् ।
स्मरण रहोस्, यसअघि पनि यी दुईको विवाहको तस्बिर भाइरल भइसकेको छ जुन उनका प्रशंसकले बनाएका थिए । यसमा रणबीरलाई दुलहा र आलियालाई दुलहीको रुपमा देखाइएको थियो ।
कामको कुरा गर्ने हो भने रणबीर–आलिया एकैसाथ अयान मुखर्जीको फिल्म ‘ब्रम्हास्त्र’ मा देखिनेछन् । यो फिल्ममा उनीसँग अमिताभ बच्चन, नागार्जुन, डिम्पल कपाडिया र मौनी रोयजस्ता नायकले पनि महत्वपूर्ण भूमिका निभाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण