महरामाथि लगाइएको आरोपबारे अनुसन्धान नभई निर्वाचन गराउन मिल्दैन: देवेन्द्र पौडेल
मङ्गलबार, ०५ कात्तिक २०७६, १९ : १०
काठमाडौं– सत्तारुढ दल नेकपाका नेता देवेन्द्र पौडेलले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लगाइएको आरोपबारे अनुसन्धान नभई सभामुख पदको निर्वाचन गराउन नमिल्ने बताएका छन् । नेता पौडेलले बलात्कारको आरोप लागेपछि महराले पदबाट राजीनामा दिएको उल्लेख गर्र्दै त्यसको अनुसन्धान भइरहेकै बेला सभामुख पदको निर्वाचन गराउन नमिल्ने बताएका हुन् ।
उनले मंगलबार काठमाडौंमा आयोजित एक अन्तरसंवाद कार्यक्रममा बोल्दै सभामुखको निर्वाचन विधिसम्मत ढंगले गर्न आफ्नो पार्टी तयार रहेको पनि बताए । संविधानले फरक दलको सभामुख र उपसभामुख हुने व्यवस्था गरेकाले आफ्नो पार्टी सोही अनुसार अघि बढन तयार रहेको नेता पौडेलको भनाई छ ।
नेता पौडेलले जनमतबाट निर्वाचित सरकारलाई दुई तिहाईको दम्भ देखायो भनेर प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले जनमतकै अपमान गरिरहेको आरोप पनि लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण