सिरहामा पाँच फरार प्रतिवादी पक्राउ
मङ्गलबार, ०५ कात्तिक २०७६, १९ : २६
सिरहा– जिल्ला प्रहरी कार्यालय सिरहाले फरक–फरक मुद्दाका पाँच जना फरार प्रतिवादी पक्राउ गरी जिल्ला अदालत सिरहामा बुझाएको छ । सादा पोसाकमा खटिएको प्रहरी टोलीले लुकिछिपी रहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा कुटपिट मुद्दाका फरार प्रदिवादी सिरहा नपा २ का ६२ वर्षीय धनिकलाल महरा, सिरहा नपा ९ का ६२ वर्षीय रामचन्द्र गडेरी, सोही नगरपालिका–७ का २६ वर्षीय बालकृष्ण मुखिया रहेका छन् ।
त्यसैगरी चोरी मुद्दाका फारार प्रतिवादी सिरहा नपा १९ का २० वर्षीय ज्ञानचन्द्र मुखिया र लेनदेन मुद्दाका फरार प्रतिवादी सिरहा ५ का ६० वर्षीय श्रीमती लखिपत देवी साह रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी अपिलराज बोहराले जानकारी दिए ।
पक्राउ परेका सबैलाई अदालतको निर्णयअनुसार कार्वाही हुने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण