भारतको क्लिन स्वीप
एजेन्सी-दक्षिण अफ्रिकाविरुद्ध तीन खेलको टेस्ट सिरिजमा भारतले क्लिन स्वीप गरेको छ । राँचीमा मंगलबार सम्पन्न तेस्रो तथा अन्तिम टेस्टमा भारतले दक्षिण अफ्रिकालाई एक इनिङ दुई सय दई रनले हराउँदै क्लिन स्वीप गरेको हो । यससँगै भारतले सिरिज ३–० ले कब्जा गर्यो । भारतविरुद्ध फलो अनमा परेको दक्षिण अफ्रिका दोस्रो इनिङमा एक सय ३३ रन जोड्दै अलआउट भएको थियो । यसअघि पहिलो इनिङमा एक सय ६२ रन जोड्दा भारतले दक्षिण अफ्रिकालाई पुनः ब्याटिङमा पठाएको थियो ।
दोस्रो इनिङमा दक्षिण अफ्रिकाको प्रदर्शन फितलो बनेको थियो । दक्षिण अफ्रिकाका लागि दोस्रो इनिङमा थुनिस डी ब्रुयनले सर्वाधिक ३० रन बनाए । जर्ज लिन्डेले २७ र डेन लोरीले २३ रन बनाए । दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न मोहमद शामीले तीन विकेट लिए । शाहबाज नादीम र उमेश यादवले दुई दुई विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले चार सय ९७ रन बनाउँदै इनिङ समाप्तिको घोषणा गरेको थियो । भारतका लागि रोहित शर्माले दुई सय १२ रनको दोहोरो शतक बनाएका थिए । उनी प्लेयर अफ दि सिरिज घोषित भए । अजिन्का रहानेले एक सय १५ रन बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोप डढेलोको चपेटामाः स्पेन र फ्रान्समा हजारौँ मानिसलाई सुरक्षित स्थानमा जान आदेश
-
अभियन्ता वेदिका केसीलाई थुनाबाहिरै राखेर अनुसन्धान गरिँदै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण