दुईभन्दा बढी बच्चा जन्माउनेले सरकारी जागिर नपाउने
भारतको आसाममा दुईभन्दा बढी बच्चा जन्माउनेहरुले सरकारी जागिर नपाउने भएको छ ।
असामको मन्त्रीमण्डलले गत सोमबार सो निर्णय गरेको हो ।
उक्त निर्णय आगामी जनवरी १, २०२१ देखि लागू हुनेछ ।
सानो परिवारको मान्यतालाई स्थापित गर्नको लागि सरकारले उक्त कदम चालेको असामका मुख्यमन्त्री सर्वानन्द सोनोवालको जनसम्पर्क इकाइले जारी गरेको एक वक्तव्यमार्फत् जानकारी दिएको हो ।
सन् २०१७ को सेप्टेम्बरमै आसामको विधान सभाले ‘आसामको जनसंख्या र महिला सशक्तीकरण नीति’ पास गर्दै दुईजना बच्चा हुनेहरुलाई मात्र सरकारी जागिरको लागि योग्य मान्ने व्यवस्था गरेको थियो । साथै, सरकारी जागिरमा रहेकाहरुलाई पनि सोही दुई सन्तानको नीतिलाई कडाइका साथ पालना गर्न निर्देशन दिएको थियो ।
त्यसैगरी, आसाममा जग्गासम्बन्धी नयाँ नीति पनि लागू गरिएको छ । त्यसअनुसार, भूमिहीन आदिवासीहरुलाई तीन विगाह जमीन दिने र जमीन नभएका जनतालाई घर बनाउनका लागि आधा विगाहा जमिन दिने जानकारी उक्त वक्तव्यमा दिइएको छ । तर त्यसरी दिइएको जग्गा १५ वर्षसम्म बेचविखन भने गर्न पाइने छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण