पशुपतिबाट २० जना मगन्ते बालबालिका प्रहरी नियन्त्रणमा, अधिकांश भारतीय
काठमाडौँ । पशुपति मन्दिर परिसरमा माग्न बसेका २० जना बालबालिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा अधिकांश भारतीय नागरिकका छोराछोरी छन् । उनीहरु कहाँबाट र कसरी आए भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बुधबार बिहान प्रहरीको बालबालिका खोजतलास केन्द्रले उनीहरुलाई पशुपति क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

सरकारले पशुपति, स्वयम्भु लगायतका क्षेत्रलाई मगन्ते मुक्त क्षेत्र घोषणा गरेको थियो । सोही अनुसार केन्द्रले उनीहरुलाई पक्राउ गरेको हो । यस क्रममा केन्द्रले स्वयम्भु, पशुपति लगायतका क्षेत्रमा निगरानी बढाउदै आएको र त्यस्ता बालबालिका भेटाए पक्राउ गर्ने गरेको जनाएको छ ।
खोजतलास केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालका अनुसार बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदपफा २ को ञ अनुसार सनातन परम्पराबाहेक अन्य कामका लागि बालबालिकालाई माग्न लगाउन नपाइने व्यवस्था छ ।
‘बाल बालिकालाई माग्न लागाउनु पनि अपराध हो । त्यसैले उनीहरुलाई कसले माग्न लगायो हो भन्ने समेत अनुसन्धान हुँदैछ,’ प्रहरी निरीक्षक दाहालले रातोपाटीलाई बताए । उनले पक्राउ बालबालिकालाई आवश्यक सोधपुछपछि बालसुधार गृहमा पठाउने जानकारी दिए ।






तस्विर : सुवास श्रेष्ठ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण