सिन्धुपाल्चोकमा करेन्ट लागेर १ जनाको मृत्यु
बुधबार, ०६ कात्तिक २०७६, १३ : २३
मेलम्ची– भोटेकोशी गाउँपालिका–४ हिन्दीमा करेन्ट लागेर एकको मृत्यु भएको छ । आज बिहान करेन्ट लागेका हिन्दीका ६० वर्षीय गोरे श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार छिमेकी रुक्मिणी कार्कीको भूकम्पले भत्काएको दुई तले घरको छतमा रहेको पानी ट्याङ्कीकोे स्ट्याण्ड लिन जाँदा करेन्ट लागेको थियो ।
स्ट्याण्डलाई फलामको भ¥याङबाट तल झार्ने क्रममा नजिकै रहेको थ्री फेज लाइनमा छुन पुग्दा गोरेलाई करेन्ट लागेर घाइते भएपछि बाह्रबिसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण