मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

जिल्ला प्रशासन कार्यालय चितवनको अनुरोध

बिहीबार, ०७ कात्तिक २०७६, १४ : २१
बिहीबार, ०७ कात्तिक २०७६

चितवन– जिल्ला प्रशासन कार्यालय चितवनले तिहारमा पटका, भूइँचम्पा, आतसबाजी जस्ता विस्फोटक पदार्थ नपड्काउन सबैमा अनुरोध गरेको छ । कार्यालयले एक विज्ञप्ति जारी गर्दै यस्ता विस्फोटक पदार्थ पड्काउनेलाई कारवाही गरिने जनाएको हो ।

सांस्कृतिक महत्वका पर्व मनाउने क्रममा भूईचम्पा, आतसबाजी र पटाकाजस्ता विस्फोटक पदार्थको प्रयोगबाट सर्वसाधारणको स्वास्थ्य र सुरक्षामा नकारात्मक असर पर्ने विज्ञप्तिमा उल्लेख छ । प्रशासनले त्यस्ता विस्फोटक पदार्थको ओसारपसार, बिक्री वितरण र प्रयोग नगर्न र  साँझ ९ बजे पछि देउसी, भैलो नखेल्न पनि आग्रह गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप