निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ
सारांश
- भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दाससहित दुई जना पक्राउ परेका छन्।
- भ्याक्सिनेटरहरूको भुक्तानी रकमको २० प्रतिशत कमिसन मागेको सूचनाको आधारमा अख्तियारको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
- घुस रकम, स्रोत नखुलेको नगद, चेक र मोबाइलसमेत बरामद गरिएको छ।
काठमाडौं । जिल्ला सप्तरीको राजविराज नगरपालिका–३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दाससहित दुई जना पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार भ्याक्सिनेटरहरूले सेवा उपलब्ध गराएबापत पाउनुपर्ने भुक्तानी रकमको २० प्रतिशत कमिसनस्वरूप घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा इटहरी कार्यालयबाट खटिएको टोलीले निमित्त कार्यालय प्रमुख डा. दास र हलुका सवारी चालक भोगेन्द्र यादवलाई पक्राउ गरेको हो।
आयोगले सवारी चालक यादवलाई घुसस्वरूप लिएको रु ३३ हजार ३५० सहित नियन्त्रणमा लिएको जनाएको छ। साथै स्रोत नखुलेको रु ४८ हजार ७० समेत बरामद भएपछि जम्मा रु ८१ हजार ४२० नगद बरामद गरिएको छ।
यादवको साथबाट रु एक लाख २९ हजार बराबरका चार थान चेक र एक थान मोबाइल तथा डा. दासको साथबाट रु एक लाख २५ हजार बराबरको एक थान चेक र एक थान मोबाइलसमेत बरामद गरिएको आयोगले जनाएको छ।
अख्तियारले दुवै जनाविरुद्ध थप अनुसन्धान भइरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभाको पन्ध्रौँ बैठक आज, चार मन्त्रालयको बजेटमाथि छलफल
-
यो वर्ष पनि दुईवटा अटो शो : नाडा र नाइमाको छुट्टाछुट्टै तयारी
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण