बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सामाजिक सुरक्षा योजनाको समय एक महिना थपिने

बिहीबार, ०७ कात्तिक २०७६, १५ : ३०
बिहीबार, ०७ कात्तिक २०७६

काठमाडौं– सरकारले सामाजिक सुरक्षा योजनाको समय थप एक महिना थप्ने भएको छ । आज सामाजिक सुरक्षा कोषद्वारा आयोजित पत्रकार सम्मेलनमार्फत सामाजिक सुरक्षा योजनाको समयावधि एक महिना थप गर्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा सुरक्षा योजना अन्तर्गत  हालसम्म ८ हजार ८ सय १८ रोजगारदाता र १ लाख ९ सय ६८ योगदानकर्ता सुचिकृत भएको जनाइएको छ भने ७ करोड ६५ लाख बढी योगदान संकलन गरिएको दाबी गरिएको छ ।

गत साउन १ गतेबाट कार्यान्वयनमा आएको यो योजना कार्यान्वयण गर्न कोषमा सूचीकरण गराउने सन्दर्भमा काठमाडौं,पोखरा, बुटवल र विराटनगरमा कोष, रोजगारदाता र ट्रेड युनियनको त्रिपक्षीय सहभागितामा अभिमुखीकरण कार्यक्रमहरु समेत सम्पन्न भएको जनाइएको छ । 

सुरक्षा योजना अन्तर्गत कोषले सोही योजना अन्तर्गत दुर्घटनामा परेका केही कर्मचारीहरुलाई एकमुष्ठ सुरक्षा भत्ता उपलव्ध गराइसकेको समेत जनाएको छ । सुरक्षा योजनाको समयवधि असोज मसान्तमा सकिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप