सामाजिक सुरक्षा योजनाको समय एक महिना थपिने
काठमाडौं– सरकारले सामाजिक सुरक्षा योजनाको समय थप एक महिना थप्ने भएको छ । आज सामाजिक सुरक्षा कोषद्वारा आयोजित पत्रकार सम्मेलनमार्फत सामाजिक सुरक्षा योजनाको समयावधि एक महिना थप गर्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा सुरक्षा योजना अन्तर्गत हालसम्म ८ हजार ८ सय १८ रोजगारदाता र १ लाख ९ सय ६८ योगदानकर्ता सुचिकृत भएको जनाइएको छ भने ७ करोड ६५ लाख बढी योगदान संकलन गरिएको दाबी गरिएको छ ।
गत साउन १ गतेबाट कार्यान्वयनमा आएको यो योजना कार्यान्वयण गर्न कोषमा सूचीकरण गराउने सन्दर्भमा काठमाडौं,पोखरा, बुटवल र विराटनगरमा कोष, रोजगारदाता र ट्रेड युनियनको त्रिपक्षीय सहभागितामा अभिमुखीकरण कार्यक्रमहरु समेत सम्पन्न भएको जनाइएको छ ।
सुरक्षा योजना अन्तर्गत कोषले सोही योजना अन्तर्गत दुर्घटनामा परेका केही कर्मचारीहरुलाई एकमुष्ठ सुरक्षा भत्ता उपलव्ध गराइसकेको समेत जनाएको छ । सुरक्षा योजनाको समयवधि असोज मसान्तमा सकिएको थियो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण