शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

देउवालाई २ घण्टा कुराए पौडेलले, केन्द्रीय समिति बैठक १४ गते सम्मका लागि स्थगित

बिहीबार, ०७ कात्तिक २०७६, १७ : ४८
बिहीबार, ०७ कात्तिक २०७६

काठमाडौं– आज बोलाइएको नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक कार्तिक १४ गतेसम्म्का लागि स्थगित भएको छ  ।  पार्टीका बरिष्ठ नेता  रामचन्द्र पौडेल पक्ष बैठकमा उपस्थित नभएपछि बैठक स्थगित भएको हो ।

पौडेल पक्ष बैठकमा आउन ढिलाई गरेपछि पार्टी सभापति शेरबहादुर देउवा लगायतका नेताहरुले २ घण्टादेखि उनीहरुलाई पर्खेका थिए ।  नेता पौडेल पक्षका नेताहरु कोठे बैठकमै  व्यस्त भएकोले केन्द्रीय समिति बैठक प्रभावित भएको बताइएको छ ।

पार्टी विधान अनुसार  विभाग बनाउनुपर्ने पौडेल  पक्षको अडानका कारण बैठक प्रभावित भएको केन्द्रीय सदस्य प्रदिप पौडेलले जानकारी दिए । देउवा पक्षले सुशील कोइराला नेतृत्वको कार्यसमितिले बनाएका २८ वटा विभाग बनाउने तयारी गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप