देउवालाई २ घण्टा कुराए पौडेलले, केन्द्रीय समिति बैठक १४ गते सम्मका लागि स्थगित
बिहीबार, ०७ कात्तिक २०७६, १७ : ४८
काठमाडौं– आज बोलाइएको नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक कार्तिक १४ गतेसम्म्का लागि स्थगित भएको छ । पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष बैठकमा उपस्थित नभएपछि बैठक स्थगित भएको हो ।
पौडेल पक्ष बैठकमा आउन ढिलाई गरेपछि पार्टी सभापति शेरबहादुर देउवा लगायतका नेताहरुले २ घण्टादेखि उनीहरुलाई पर्खेका थिए । नेता पौडेल पक्षका नेताहरु कोठे बैठकमै व्यस्त भएकोले केन्द्रीय समिति बैठक प्रभावित भएको बताइएको छ ।
पार्टी विधान अनुसार विभाग बनाउनुपर्ने पौडेल पक्षको अडानका कारण बैठक प्रभावित भएको केन्द्रीय सदस्य प्रदिप पौडेलले जानकारी दिए । देउवा पक्षले सुशील कोइराला नेतृत्वको कार्यसमितिले बनाएका २८ वटा विभाग बनाउने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण