आर्सनलको रोचक जित
इङ्लिस क्लब आर्सनलले युरोपा लिग फुटबलमा रोचक जित निकालेको छ । समूह ‘एफ’ अन्तर्गत घरेलु मैदानमा बिहिबार राति भएको खेलमा आर्सनलले पोर्चुगिज क्लब भिटोरिया डे गुईमारेसलाई ३–२ गोलले हरायो । आर्सनलको जितमा निकोलस पेपेले र गाब्रियल मार्टिनेलीले एक गोल गरे । भिटोरियाका लागि मार्कुस इडवार्ड र ब्रुनो डुअरटेले गोल गरे ।
खेलमा सुरुवाती अग्रता भिटोरियाले लिएको थियो । आठौं मिनेटमा मार्कुसले गोल गर्दै भिटोरियालाई अगाडी बढाए । ३२औं मिनेटमा आर्सनलका गाब्रियलले बराबरी गोल फर्काए । ३६औं मिनेटमा ब्रुनोले गोल गर्दै भिटोरियालाई पुनः अग्रता दिलाए । पहिलो हाफमा पछि परेको आर्सनलले दोस्रो हाफमा दुई गोल गरेको थियो । पेपेले ८०औं र इन्जुरी समयमा लगातार दुई गोल गर्दै आर्सनलको जित पक्का बनाए ।
जितसँगै तीन खेलबाट नौ अंक बनाएको आर्सनल समूहको शीर्ष स्थानमा छ । अंकविहिन भिटोरिया अन्तिममा छ । यही समूहको अर्को खेलमा फ्रान्कफर्टले स्टान्डर्ड लिगलाई २–१ गोलले हराएको छ । दोस्रो स्थानमा रहेको फ्रान्कफर्टको ६ अंक छ । तीन अंक बनाएको स्टान्डर्ड लिग तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–स्पेन व्यापार र लगानी सुदृढ बनाउन दुई चेम्बरबिच समझदारीको तयारी
-
झ्याप–झ्याप जाने बत्ती : तथ्याङ्कमा ट्रिपिङ घटे पनि व्यवहारमा उस्तै सास्ती
-
दिल्लीमा प्रदर्शनः ककरोच जनता पार्टीका संस्थापक दीपके नियन्त्रणमा
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
-
शिक्षा–स्वास्थ्यमा लगाइएको कर र प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन मकवानपुर कांग्रेसको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण