नेपालगञ्जमा आगलागी, करोडौंको क्षति
बुटवल– गएराती नेपालगञ्जको बीपीचोक नजिकै रहेका पाँचवटा पसलमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । साँझ सवा ६ बजे सुरुमा बिपीचोकका तीनवटा पसलबाट सुरु भएको आगलागीबाट ५ वटा पसलमा क्षति भएको छ ।
एसपी ओलीले भने, म सहितको टोली आगलागी नियन्त्रणका लागि पुगेका थियौं । नेपालगञ्ज उपमहानगरपालिकाको दुईवटा दमकलले नपुग्ने देखेर नेपालगञ्ज विमान स्थललबाट दुईवटा र गुलरिया नगरपालिकाबाट दुईवटा दमकल मगाएर दुईघण्टा भित्रै आगो नियन्त्रणमा लिइएको छ ।’
आगलागीबाट जनता सिरक, हिमालय फर्निचर, रोशनी फर्निचर, किताब र फलफूल पसलमा आगो लागेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । उनका अनुसार जनता सिरक, हिमालय र रोशनी फर्निचरमा ठूलो क्षति भएको छ । जनता सिरकले मात्रै रु ५० लाख बढीको क्षति भएको बताएको छ । रु एक करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।
आगजनी भएको स्थान नजिकै पेट्रोलपम्प रहे पनि तुरुन्तै पुगेका दमकल, सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका कारण ठूलो दुर्घटना टरेको थियो । तीन महिनाअघि गत साउन २३ गते पनि त्यही नजिकका एक दर्जन बढी फर्निचर पसलमा आगलागी भएको थियो । पछिल्लो तीन महिनामा नेपालगञ्जमा पाँचवटा ठूला आगलागी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण