बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

महरा साम्राज्यवादीहरुको षडयन्त्रको चक्रव्यूहमा : अजय शर्मा

शुक्रबार, ०८ कात्तिक २०७६, १४ : ३२
शुक्रबार, ०८ कात्तिक २०७६

काठमाडौं– वामपन्थी राजनीतिज्ञ एवम् अस्ट्रेलियाका लागि नेपालका पूर्वराजदूत अजय शर्मा (योगेन्द्र ढकाल)ले ‘निवर्तमान सभामुख कृष्णबहादुर महरालाई साम्राज्यवादीहरुले गम्भीर षड्यन्त्रको चक्रब्यूहमा फसाएको’ आरोप लगाएका छन् । 

‘साम्राज्यवादीहरुले आफ्ना नेपाली दलालहरुलाई उपयोग गरेर महराविरुद्ध एक निश्चित हदसम्म दबाब दिएको’ उनले दावी गरेका छन् । ‘साम्राज्यवादीहरुको षड्यन्त्रको चक्रब्यूह महरासम्म मात्र सीमित नहुने’ उनको भनाइ छ ।

रातोपाटीसँग कुरा गर्दै उनले भनेका छन्, ‘यो प्रकरण महरासम्म मात्र सीमित हुने छैन र त्यसलाई उहाँसित सम्बन्धित एउटा विशुद्ध व्यक्तिगत प्रश्न मात्र मान्नु एउटा गम्भीर भूल हुनेछ ।’ ‘महरा प्रकरण आमरूपमा नेपालका राजनीतिक नेताहरूलाई र ठोसरूपमा भन्नुपर्दा पूर्व नेकपा (माओवादी) का नेताहरूलाई साम्राज्यवादीहरूले दिएको एउटा सन्देश भएको’ टिप्पणीसमेत उनले गरेका छन् ।

‘हामीले भनेको कुरा मान्दैनौ भने तिमीहरू कुनै पनि बेला महरा बन्ने छौ भन्ने खालको दबाब साम्राज्यवादीले महरा प्रकरणमार्फत नेपाली राजनीतिमा स्थापित गरेको’ उनको भनाइ छ । ‘अझ ठोसरूपमा भन्नुपर्दा महरामाथिको यो षड्यन्त्र पूर्व नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डलाई साम्राज्यवादीहरूद्वारा दिइएको चेतावनीपूर्ण सन्देश हो,’ रातोपाटीसँग उनले भनेका छन्, ‘यसो गरेर, वास्तवमा, उनीहरूले प्रचण्डलाई हामीले भनेको नमाने वा हाम्रा हितविपरीत गए कुनै पनि बेला हामी तिमीलाई महराको हालतमा पु¥याइदिन्छौँ भन्ने सन्देश दिएका छन् ।’

‘महरालाई षड्यन्त्र गरेर फसाउने साम्राज्यवादीहरू र तिनका नेपाली दलालहरूको गतिविधिलाई नेपालमाथिको हस्तक्षेपको रूपमा लिएर सम्पूर्ण स्वाभिमानी नेपालीहरूले प्रतिकार गर्नुपर्ने’ शर्माको भनाइ छ । ‘साम्राज्यवादीहरूको यो योजनालाई असफल पार्नुपर्छ । महरामाथिको घटनाले नेपाल सरकार र यहाँका राज्ययन्त्रहरूमा साम्राज्यवादीहरूको कति हदसम्म प्रभावकारी ढङ्गले घुसपैठ रहेको छ भन्ने कुरा पनि प्रमाणित गर्दछ,’ उनले भनेका छन् ।

‘महरा प्रकरणको यस पृष्ठभूमिमा पूर्व नेकपा (माओवादी) का नेताहरू, मुख्यरूपले प्रचण्ड गम्भीर हुन आवश्यक रहेको’ उनले बताएका छन् । ‘उहाँहरूले समयमै यस कुरालाई ध्यान दिएर आवश्यक रणनीति तयार गर्नसक्नुभएन भने त्यो स्वयम् उहाँहरू र देशको निम्ति दुःखदायी हुनेछ,’ शर्माको कथन छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप